Posts

Showing posts from October, 2020

मेरो प्यारो छिमेको राष्ट्र भारत

Image
  Credit : cartoonistsatish                                                                                                                  नेपाललाई भारतमा बिलय गर्ने कुरा सुरुमा त ठिकै लग्न सक्छ । किनकि हाम्रो देशमा ब्याप्त भ्रस्टाचार, नाताबाद, कृपाबाद, दण्डहीनता, अकर्मण्यता आदि कुराले गर्दा हामी नेपाली माझ नैरास्यता उत्पन्न भएको छ । भारतसंग ‘मर्ज’ हुदा निकै फायदा देखिएता पनि आफ्नो अस्तित्व गुमाएर परनिर्भर हुन चाहदैनौं हामी । नेपालीको क्रय शक्ति बढ्ने, भारतबाट आर्थिक सहयोग प्राप्त हुने, सिमा विवाद मेटिने, नेपाली सामानले बजार पाउने, जीवनस्तर उकासिने, आदि जस्ता लोभ अघि सारिएको छ अद्रिश्य शक्तिको तर्फ़बाट । हुन पनि हो नेपालले प्रचुर मात्रामा सहयोग पाउन सक्छ आफुलाई भारतमा बिलय गराएर, आफ्नो अस्तित्व नासेर । तर एउटा सच्चा नेपालीलाई यो कुरा कदापी पाच्य हुने छैन ।       हामी स्वीकार्छौं नेपाल गरिब छ, भ्रष्टाचार व्यापक छ र परनिर्भरता त नेपालीको जीवनशैली नै बनि सकेको छ । नेपाल विश्व मानचित्रमा सघुरिदै गएको छ र विश्व समुदाय सामु लज्जित हुनु परेको छ । तर यसको उपचार नेपाललाई भारतमा बिलय गराएर कर्