मेरो प्यारो छिमेको राष्ट्र भारत

 

Credit : cartoonistsatish                                                                                                                 नेपाललाई भारतमा बिलय गर्ने कुरा सुरुमा त ठिकै लग्न सक्छ । किनकि हाम्रो देशमा ब्याप्त भ्रस्टाचार, नाताबाद, कृपाबाद, दण्डहीनता, अकर्मण्यता आदि कुराले गर्दा हामी नेपाली माझ नैरास्यता उत्पन्न भएको छ । भारतसंग ‘मर्ज’ हुदा निकै फायदा देखिएता पनि आफ्नो अस्तित्व गुमाएर परनिर्भर हुन चाहदैनौं हामी । नेपालीको क्रय शक्ति बढ्ने, भारतबाट आर्थिक सहयोग प्राप्त हुने, सिमा विवाद मेटिने, नेपाली सामानले बजार पाउने, जीवनस्तर उकासिने, आदि जस्ता लोभ अघि सारिएको छ अद्रिश्य शक्तिको तर्फ़बाट । हुन पनि हो नेपालले प्रचुर मात्रामा सहयोग पाउन सक्छ आफुलाई भारतमा बिलय गराएर, आफ्नो अस्तित्व नासेर । तर एउटा सच्चा नेपालीलाई यो कुरा कदापी पाच्य हुने छैन ।      

हामी स्वीकार्छौं नेपाल गरिब छ, भ्रष्टाचार व्यापक छ र परनिर्भरता त नेपालीको जीवनशैली नै बनि सकेको छ । नेपाल विश्व मानचित्रमा सघुरिदै गएको छ र विश्व समुदाय सामु लज्जित हुनु परेको छ । तर यसको उपचार नेपाललाई भारतमा बिलय गराएर कर्तब्यबाट पन्छिनु किमार्थ हुदै होइन । आखिर भारतले चाहेको पनियहि नै त हो । छिमेको राष्ट्रमा द्वन्द चर्काएर, हिंसा भडकाएर र उनिहरुलाई आर्थिक रूपले खोक्रो परेर आफुसामु घुडा टेक्न लगाउनु नै बिस्तारबाद भारतको षड्यन्त्र हो । नेपालले विकास गर्न नसक्नु प्रमुख कारक तत्व भारत हो । भारतसंग प्रचुर स्रोत-साधन छ । विश्वकै ठुला अर्थतन्त्रहरु मद्ध्यको एक भारतले विश्व जनसंख्याको करिब १७ % ओगटेको छ । मलाई लग्छ भारतको अस्तित्व नै नेपालको लागि हानिकारक छ ।              

भारत छिन्नभिन्न नहोउञ्जेलसम्म नेपालले प्रगति गर्न असम्भव प्राय छ । सोझो शब्दमा भन्नु पर्दा भारत टुक्रिनु आवश्यक छ ; दुई टुक्रामा मात्र होइन दर्जनौं स्वतन्त्र मुलुकहरुमा । गोर्खाल्याण्ड, दक्षिण भारत, कश्मिर, मुम्बई र उत्तर पूर्वी भारत केहि आशाका किरणहरु हून । मुम्बैमा द्वन्द भड्किनु पर्छ । महाराष्ट्र शक्ति शेनाले स्वतन्त्र महाराष्ट्रको माग गर्नु पर्छ । शत प्रतिशत आत्मा निर्भर गुज्रातले आफ्नो स्रोत साधन अन्य राज्यसंग बाढ्न अस्विकार गर्नु पर्छ । ड्राभीडीयन जातको द्क्षिण भारत आर्य जातको मूल भारतबाट टुक्रीनै पर्छ । भारतको बढ्दो जनसंख्या नै उसको लागि घातक हुने छ किनकि भारत चीन होइन । जनसंख्या बिस्फोट हुनेछ । नेपाल भन्दा सानो बिहार राज्यकै मानव संख्या १० करोड छ, नेपालभन्दा करिब  ४  गुणा बढी । भारतका पश्चिम बङ्गाल, मुम्बई, उत्तर प्रदेशमा लगायत सबैजसा राज्यहरुलाई जनसंख्या बृद्धिले आक्रान्त परेको छ । आसाममा बेला बखत माओबादी र राज्य सरकार बीच भई राख्ने झडपलाई मध्य नजर राख्दा आसाम माओबादीको कब्जामा छ भन्दा अतिसयोक्ति न होला । उत्तर पूवी भारत पाँचवटै देशको राजनैतिक क्रिडास्थल बन्न सक्छ वा भनौं बनिसकेको छ । चीन, बंगलादेश, म्यानमार, नेपाल र भुटान बीच रहेको यो क्षेत्र निकै नाजुक छ । १९६० दशक ताका ईस्ट इंडिया कम्पनीले चीन सरकार संग गरेको सन्धि अहिले चीनलाई अपाच्य भएको छ । अरुनान्चल प्रदेश अन्तर्गत पर्ने आफ्नो भूमि चीन अहिले फिर्ता चाहनछ। अरुनांचल प्रदेशमा चीनिया भाषी भारतीयको बर्चस्व हुनु भारत को लागि निकै घातक हुन सक्छ ।                                           

यो बाहेक चीनले पश्चिम बंगाललाई बंगलादेशसंग जोडिन उक्साई रहेको छ । यदि तेसो गर्न सकिन्न भने स्वतन्त्र पश्चिम बंगालको माग सर्न पनि प्रेरित गर्दै छ चीन सरकारले । दक्षिण भारतलाई हिन्दि भाषा राष्ट्रभाषा बनेको पटक्कै मन परेको छैन । सन् २००८ मा राज ठाकरेको महाराष्ट्र शक्ति शेनाले विहारी कामदारहरु  माथि गरेको आक्रमण को झल्को अझै ताजै छ । भारतबाट पाकिस्तान टुक्रीनुको मुख्य कारण अल्पशंख्यक मुसलवान बहुसंख्यक हिन्दुहरुबाट अपेक्क्षित हुनु नै थियो । एकचोटी टुक्रिसकेको भारतमा मुसलवानको संख्या फेरि आकासिदै छ, जुन कुराले हिन्दुस्तानमा द्वन्दको बिजारोपण अवश्य गर्छ । अर्को कुरा, केहि गरि अमेरिकाले चीनबाट तिब्बतलाई स्वतन्त्र पर्यो र सोहि कुरालाई भारतले सघायो भने त्यो घटना भारतको लागि आत्महत्या सरि हुनेछ । म ठोकुवा गरेर भन्छु यो एक घटना ले मात्र कि त भारत टुक्रिने छ कि त तेस्रो विश्वयुद्ध निम्ताउने छ ।

त्यसैले मेरो प्यारो छिमेको राष्ट्र भारतलाई मा बिनम्र अनुरोध गर्न चाहन्छु; आफ्नो छिमेकीको सिमा मिच्नु भन्दा बरु आफ्नो सिमा रक्षामा चासो देखाए हिन्दुस्तानको केहि भलो हुन्थ्यो कि ।

Comments

Popular posts from this blog

Should Nepal rethink all bilateral diplomatic ties with India?